Categories समाचार

भारतीय बजार रक्सौलमा नेपाली चार चक्के सवारी साधन प्रवेशमा रोक, दूतावासबाट पास लिनु पर्ने

Advertisement

वीरगञ्ज । वीरगञ्जको सीमावर्ती भारतीय बजार रक्सौलमा नेपाली चार पाङ्ग्रे (चक्के) सवारी साधनको प्रवेशमा भारतले रोक लगाएको छ ।यसअघि रक्सौलमा निर्बाध रूपमा आउजाउ गर्दै आएका नेपाली नम्बर प्लेटका चार चक्के सवारी साधनलाई मङ्गलवारदेखि प्रवेशमा रोक लगाइएको हो ।

रक्सौलमा रहेको भारतीय कस्टमका सुरक्षा अधिकारीहरूका अनुसार अब रक्सौल प्रवेशका लागि नेपाली नम्बर प्लेटका चार चक्के सवारीसाधनले वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासबाट पास लिनु पर्नेछ । दूतावासको पास नलिएका नेपाली नम्बर प्लेटका चार चक्के सवारीसाधनहरू भने रक्सौल प्रवेश गर्न नपाउने भारतीय कस्टमका सुरक्षा अधिकारीहरूले बताएका छन् ।

Advertisement

यो नियम मङ्गलवारदेखि लागु गरिएको उनीहरूले बताएका छन् ।मङ्गलवार वीरगञ्ज हुँदै भारतीय बजार रक्सौल जान खोजेका सबै चार चक्के सवारी साधन वीरगञ्ज भन्सार गेटबाटै फिर्ता भएका थिए । भारतीय कस्टमका सुरक्षाकर्मीहरूले भने, ‘रक्सौल आउन चाहने चार चक्के सवारीसाधनका लागि वीरगञ्जमा रहेको भारतीय महावाणिज्य दूतावासबाट पास लिएर आए मात्रै रक्सौल छिर्न दिने व्यवस्था गरिएको छ ।’

Advertisement

भारतले यो नियम लगाएका कारण अब रक्सौल बजारमा किनमेल वा अन्य कामका लागि चार चक्के सवारीसाधनमा जाने नेपालीहरूलाई सास्ती भएको छ ।नेपाली नम्बर प्लेटका चार चक्के सवारीसाधनलाई पास बिना प्रवेशमा रोक लगाइए पनि मोटरसाइकलको हकमा भने यो नियम लागु नगरिएको भारतीय कस्टमका सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।भारतीय नम्बर प्लेटका सवारीसाधनलाई वीरगञ्ज प्रवेशका लागि वीरगञ्ज भन्सार कार्यालयमा इन्ट्री गर्नु पर्ने नियम भने पहिलेदेखि नै लागु छ । मधेसखबर बाट साभार

फाईल फोटो

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *