Categories अर्थ

आज सुनको मूल्य तोलामा ६०० र चाँदी १५ रुपैयाँले घट्यो

Advertisement

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्य तोलामा ६०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको जनाएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ८५० रुपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ थियो ।

Advertisement

यस्तै, आज चाँदीको मूल्य समेत तोलामा १५ रुपैयाँ घटेको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १४ सय ७५ रुपैयाँ कायम थियो ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *