Categories समाचार

वीरगञ्जको नगवामा पुनः एकजनाको शव फेला

Advertisement

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं १६ नगवामा एक जना युवकको शव फेला परेको छ । नगवाको नयाँ बस्ती बस्ने ३० वर्षीय नजिम मियाँको शव फेला परेको हो ।

नगवाको बाईपास रोड नजिकै रहेको नेपाल खानेपानी संस्थानको पश्चिमतर्फ सडक किनारामा युवकको शव फेला परेको ईलाका प्रहरी कार्यलय नगवाका प्रहरी नायब निरिक्षक दिपेन्द्र मल्लले जानकारी दिनुभयो ।

Advertisement

आज करिब पौने ८ बजे उक्त स्थानमा शब देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

मल्लका अनुसार मृतक नजिमले मादक पदार्थ सेवन गरेकोले लडेर मृत्यु भएको हुन सक्ने बताए । मृतकको शव पोष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाइएको मल्लले बताउनुभयो । मृतक नजिम तरकारी व्यापारी रहेको बताईएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *