Categories राजनीति

जसपा परित्याग गरि माओवादीमा गएका पर्साका केही नेताहरु एक वर्ष नबित्दै एमाले प्रवेश गरे

Advertisement

वीरगन्ज । एक वर्षपहिले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका पर्सा क्षेत्र नम्बर ४ का नेताहरु माओेवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रका नेता वीरेन्द्र यादव, सलाउदिन अहमद, कृष्ण मोहन यादव, दिपेन्द्र कुमार चौधरीसहितका १५ जना नेता बुधबार एमालेमा प्रवेश गरेका हुन् ।

Advertisement

बुधबार एमाले केन्द्रीय कार्यालयमा आयाेजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीकाे हातबाट टिका र खादा लगाएर उनिहरु एमालेमा प्रवेश गरेकाे एमालेका वीरगन्ज महान कमिटी सचिव सुन्दर कुर्मीले जानकारी दिए ।

Advertisement

बुधबार एमाले प्रवेश गर्ने नेताहरु एक बर्ष पहिला मात्र जनता समाजवादी पार्टी (जसपा)परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका थिए । वीरेन्द्र यादव , गत निर्वाचनमा पर्सा ४( क) मा प्रदेश सभा सदस्यकाे प्रत्याशी समेत बनेका थिए ।

बुधबारकाे पार्टी प्रवेश कार्यक्रममा एमालेका नेता सुमन प्याकुरेल, अच्युत मैनाली, निर्मला देवकोटा, प्रभु हजरा, जालिम मियाँ, मनोज गुप्ता, शिवजी साह लगायतकाेपनि उपस्थिती रहेकाे थियाे ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *