Categories समाचार

पोलमा बाँधेर मान्छे कुटेको आरोपमा एक युवक पक्राउ

Advertisement

रौतहट । पोलमा बाँधेर मान्छे कुटेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३८ वर्षीय साजिद अन्सारी रहेका छन् ।

प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवका अनुसार गत साउन १४ गते गौर नगरपालिका–३ पोखरिया टोल स्थित मस्जिद छेउवामा एक जना मानिसलाई अन्सारीले पोलमा बाँधी कुटपिट गरेका थिए ।

Advertisement

कुटपिटको भिडियो मिडिया र सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले कुटपिट गर्नेको खोजी सुरु गरेको थियो ।

Advertisement

यादवका अनुसार अन्सारीलाई म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *