Categories समाचार

भण्डारणमा रहेको चामलको मूल्य नबढाउन व्यापारीलाई निर्देशन

Advertisement

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यापारीलाई चामलको मूल्य नबढाउन निर्देशन दिएको छ । विभागले एक विज्ञप्ति जारी गर्दै विभिन्न बहानामा चामलको मूल्य नबढाउनका लागि निर्देशन दिएको हो ।

प्रवक्ता होमनाथ भट्टराईले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘भारतले बासमती बाहेकको चामलको निर्यातमा रोक लगाएको बहानामा मूल्य बढाएको पाइएमा कारबाही हुनेछ ।’ विभागले भारतले चामल निर्यात रोक्नुअघि नै नेपाल ल्याएर भण्डारणमा रहेको चामलको मूल्य बढाउन नमिल्ने उल्लेख गरेको हो ।

Advertisement

सोहीअनुसार, भारतले निर्यात रोक्नुअघि नै आयात भएको चामलको मूल्य साबिककै अनुसार हुनुपर्ने विभागको भनाई छ । अन्यथा व्यापारीलाई कानुन बमोजिम कारबाहीको चेतावनी समेत विभागले दिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *