Categories समाचार

नगरपालिकाको लेटर प्याड किर्ते गरि सूचना पठाउने आरोपमा दुईजना पक्राउ

Advertisement

वीरगन्ज । धनुषाको सबैला नगरपालिकाको लेटर प्याड किर्ते गरि आई.ई एम.आई.एस.भरेर विद्यालयको सूचना पठाउने गरेको आरोपमा दुईजना पक्राउ परेकाछन् ।

पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका ४ प्रसाही टोलमा संचालित युनाइटेड इन्टरनेसनल एकेडेमी इङलिस बोर्डिङ स्कुलका संचालक सत्रुधन कापर र क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरका खुसीलाल महतो रहेका छन् ।

Advertisement

हाल सबैलामा बस्ने महतो सबैला नगरपालिका प्यापसनको अध्यक्ष छन् । पक्राउ परेकाहरुमाथि अनुसंधान भइरहेको ईलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राम कृष्ण देवकोटाले जानकारी दिए ।

Advertisement

अनुसंधानकै क्रममा धनुषाधाम स्थित रहेको एक कम्प्युटर सेन्टरका संचालक समेतलाई पक्राउ गरि अनुसंधान गरिरहेको प्रहरी निरीक्षक देवकोटाले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *