Categories समाचार

सर्लाहीको एक विद्यालयमा एक युवकको शव फेला

Advertisement

वीरगन्ज । सर्लाहीको मलंगवा स्थित एक विद्यालयमा एक अपरिचित युवकको शव फेला परेको छ ।

मलंगवा नगरपालिका वडा नं. ९ स्थित श्रीमती कृष्ण देवी माध्यमिक विद्यालयमा आज बिहान अन्दाजी २२ वर्षीय युवकको शव फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पजियार थारुले जानकारी दिए ।

Advertisement

उनका अनुसार स्थानीयले शवदेखेपछि आज बिहान प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

मृतकको शवमा कुनै प्रकारको घाउचोट देखिएको छैन ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *