Categories अर्थ

आज सुनको मूल्य ३०० रुपैयाँले बढेर कारोबार हुदै

Advertisement

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघले आज आइतबार तोलामा सुनको मूल्य ३०० रुपैयाँले बढेर कारोबारमा आएको जनाएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम थियो ।

Advertisement

यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ कायम छ । जुन, गत साताको शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *