Categories समाचार

भारतबाट तस्करी गरि ल्याइएको ठूलो परिमाणमा चक्लेटहरु वीरगन्जबाट बरामद

Advertisement

वीरगन्ज । भारतबाट तस्करी गरि ल्याइएको ठूलो परिमाणमा चक्लेटहरु वीरगन्जबाट प्रहरीले बरामद गरेको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ७ कुम्हालटोलस्थित एक गोदाममा भण्डारण गरि राखिएको करिब साढे चार लाख रुपैयाँ मुल्यको ७४ कार्टुन चक्लेट बरामद गरिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

Advertisement

गोप्य सुचनाको आधारमा बुधबार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले कुम्हालटोलस्थित एक घरमा कोठा भाडामा लिई अनाधिकृतरूपमा भण्डारण गरेको चार लाख ४९ हजार ४० रुपैयाँ मुल्यको विभिन्न ब्राण्डका ७४ कार्टुन चक्लेट बरामद गरेको गिरीले जानकारी दिए ।

Advertisement

बरामद चक्लेट थप अनुसन्धान तथा कारबाहीको लागि बुधबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *