Categories समाचार

किशोरी जिस्क्याएको विषयमा कुटपिट हुँदा एकजनाको मृत्यु, दुइजना पक्राउ

Advertisement

वीरगन्ज । पर्सामा १६ वर्षीया किशोरीलाई १७ वर्षीय किशोरले टेलिफोनमार्फत जिस्क्याएको विषयलाई लिएर कुटपिट हुँदा एकजनाको मृत्यु भएको छ ।

पर्सागढी नगरपालिका ४ वारवाटाडी बस्ने २१ वर्षीय जमुदिन महमद अन्सारीको मृत्यु भएको प्रहरीले जनाएका छन् ।

Advertisement

उक्त कुटपिट तथा झै झगडामा संलग्न रहेको आरोपमा सोही स्थानका २४ वर्षीय अबतुल्लाह मिया अन्सारी र ४५ वर्षीय वकिल महमद अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

उक्त विषयमा वकिल महमद अन्सारी र अली महमद अंसारीबीच शनिबार राति झै झगडा तथा कुटपिट भएको अवस्थामा अबतुल्लाह मिया अन्सारीले चिर्पटले प्रहार गर्दा गम्भीर घाइते भएका जमुदिनको नारायणी अस्पताल वीरगन्ज हुँदै एलएस न्युरो अस्पताल बारामा थप उपचारको क्रममा मृत्यु भएको हो ।

यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *