Categories समाचार

मार्केटिङका लागि बिराटनगरबाट सिरहा गएका एक युवक मृत फेला

Advertisement

वीरगन्ज । मार्केटिङका लागि बिराटनगरबाट सिरहा आएका एक युवक मृत अवस्थामा फेला परेका छन् ।

विराटनगरस्थित पाथीभरा कापी उद्योगका सञ्चालक २८ वर्षीय सिद्धान्त भट्टराई  अर्धनग्न अवस्थामा मृत फेला परेका हुन् ।

Advertisement

मंगलबार कापीको मार्केटिङका लागि आएका उनी बुधबार सिरहाको मिर्चैया नगरपालिका ५ कटारी चोकस्थित शम्भु होटलको पछाडि मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।   

Advertisement

मृतक भट्टराई विराटनगर महानगरपालिका १० का बासिन्दा हुन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक  टेकुनन्द इवा लिम्बुका अनुसार भट्टराई मृत भेटिएपछि अनुसन्धानका लागि शम्भु होटल सञ्चालक बाबु छोरा अनुसन्धानका लागि नियन्त्रणमा छन् ।

भट्टराई मंगलबार बेलुका को १ च ९१७२  नम्बरको पिकअप जिपमा कापीको मार्केटिङ् गर्दै चालक सागर राईसँग सहदेव होटलमा बास बस्न पुगेका थिए ।  सो होटलमा खानपिन पछि राति करिब ११ बजे भट्टराई नजिकै रहेको शम्भु होटल पुगेका थिए । चालक भने सुत्न कोठा गएका थिए ।    

राति पौने ११ बजेतिर  शम्भु होटलमा पुगेर भट्टराईले वियर मागेर खाएपछि शौचालय जान भनेर हिँडेको तर नफर्किएपछि  खोजी  गर्दा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक लिम्बुका अनुसार  मृतकको टाउको र छातीमा सामान्य चोट जस्तो देखिन्छ ।

यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *