वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नं. १५ लक्ष्मणवामा रहेको सिन्दुरियामाई आधारभूत विद्यालयमा निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।
विगत केही समय यता आँखा पाक्ने रोगको संक्रमण फैलिएकाले त्यसलाई नियन्त्रण गर्न शिविर संचालन गरिएको हो ।
साहिब दरबार र सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा सम्पन्न शिविरमा ७५ जना विद्यार्थीको आँखा जाँच गरिएको साहिब दरबारका अध्यक्ष उमेशलाल सहनीले जानकारी दिनुभयो ।
आँखा जाँच गरिएका विद्यार्थी मध्ये ४० प्रतिशत विद्यार्थीमा आँखा पाक्ने समस्या भेटिएको र १० प्रतिशत विद्यार्थीमा दृष्टि दोषको समस्या देखिएको शिविरमा खटिएका दृष्टि विशेषज्ञ नैन यादवले जानकारी दिनुभयो ।
आँखा पाक्ने समस्या देखिएका विद्यार्थीलाई शिविरमा निशुल्क औषधी समेत उपलब्ध गराइएको अस्पतालका मेडिकल संयोजक महेश सिंह धामीले जानकारी दिनुभयो ।
साहिब दरबार र सामुदायिक आँखा अस्पतालको आयोजनामा आजबाट सुरु भएको शिविर वीरगञ्जका विभिन्न विद्यालयमा संचालन हुने छ ।
आज सम्पन्न शिविरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वरचन्द्र यादव, प्रधानाध्यापक हरेन्द्र चौरसिया, साहिब दरबारका सदस्य सुरज गुप्ता, अवधेश यादव, हफिज मियाँ लगायतको उपस्थिति रहेको थियो ।






