वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ रेल्वे रोडमा विरुवा रोपिएको छ ।
वीरगञ्ज महानगरपालिकाको सहयोगमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत राष्ट्रपति चूरे तराई मधेश संरक्षण विकास समिति भरतपुर चितवन र ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको सयुँक्त आयोजनामा विभिन्न प्रजातीका विरुवा रोपिएको हो ।
बेल पत्र ४० थान, म्यागोस्तिक १ सय ५० थान, कल्की ६० थान गरी २ सय ५० थान विरुवा रोपिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिए ।
खेतानकै अध्यक्षतामा भएको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली सेना श्रीजंग गणका गणपति डायमण्ड कार्कीले प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको प्रभाव न्युनिकरणका लागि वृक्षरोपणको विकल्प नरहेको बताए । उनकाअनुसार सबैले आआफ्नो घर र खाली जग्गामा विरुवा रोपेर वातावरणको संरक्षण गर्नुपर्ने आवश्यक्ता खट्किएको छ ।
वृक्षरोपण कार्यक्रममा सशस्त्र प्रहरी बल १३ नम्बर गण वीरगञ्जका सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंह, सशस्त्र प्रहरी बल वीरगञ्ज भन्सारका सशस्त्र प्रहरी नायब उपरीक्षक रामजंग पाण्डे, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक मणिराम थापा, वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक बिदुरराज शिबाकोटी, दिलिपराज कार्की, महेश सिंह धामी लगायतको उपस्थिती रहेको ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका सचिव मुरली जलानले जानकारी दिए ।






