काठमाडौँ । काठमाडौँबाट भैरहवाका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिए पछि लगत्तै काठमाडौँ नै फर्किएको छ ।
दिउँसो १ः५८ बजेट बुद्धको एयरको एन–एएनपी जहाज भैरहवाका लागि उडेको थियो ।
तर, उडान लगत्तै जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन विमानस्थल नै फर्काइएको कम्पनीले जानकारी दिएको छ ।
तर, जहाजमा के भएको हो सो अहिले प्राविधिकहरूले चेकजाँच गरिरहेको कम्पनीका कर्मचारी दीपेन्द्र के कर्णले रातोपाटीलाई जानकारी दिए ।
जहाज उडेको ८–१० मिनेटमा नै समस्या देखिएपछि काठमाडौँ फर्काइएको हो ।
फाइल फोटो






