Categories स्वास्थ्य

सामुदायिक सेवा केन्द्र छपकैयाको आयोजनामा नि: शुल्क आखा शिबिर

Advertisement

बिरगंज । “समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ पर्साको आयोजनामा तथा बिरगंज सामुदायिक आँखा अस्पतालको बिशेष सहयोगमा जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नम्बर २ स्थित आधारभुत स्वास्थ्य केन्द्रको प्राङगणमा निःशुल्क आँखा चेकजाँच कार्यक्रम सम्पन्न भएको छ ।

१६० जनालाई आँखा चेकजाँच गर्दा ३० जनामा मोतिया बिन्दु भेटिएको थियो ।सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा तथा बिरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको प्रमुख अतित्थ्यता र वडा समिति कार्यालय वडा नं. २ का वडा अध्यक्ष महमद रेयाज मिया तेली , सामुदायिक आँखा अस्पतालका मेडीकल सन्योजक महेश सिंह धामीको बिशिष्ट अतित्थ्यमा भएको थियो ।

Advertisement

वडा समिति कार्यालय वडा नं. २ का वडा सदस्य बसिर मिया हजाम, श्रीमती रम्भा देवी, सामुदायिक सेवा केन्द्रका व.उपाध्यक्ष अब्दुल हक, सचिव प्रबिण बिक्रम शाह, कोषाध्यक्ष श्रीमती प्रेम कुमारी सिंह, स.सचिव मदन कुमार गुप्ता , सदस्य अब्दुल कैश मिया तेली , अजित कुमार भुजेल , श्रीमती टिका प्रसाई , साहेब हुसैन , धिरज शर्मा, प्रकाश कुमार शाह , आधारभुत स्वास्थ्य केन्द्रका ईन्चार्ज भुषण प्रसाद गुप्ता , आँखा अस्पतालका डाक्टर प्रेम घिमिरे , अंजली मेहता , प्रहरी चौकी गणेशटोलका प्र.स.नि मोतिलाल महतो , प्र.ह बिजय पटेल , सामुदायिक प्रहरीका प्रहरी सहायक निरीक्षक ईन्दिवर चौधरीज , प्रहरी हवल्दार देवेन्द्र कुमार पटेल र प्रहरी जवान दिपेन्द्र कुमार यादवको उपस्थित रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *