Categories लेख

शान्त देशको अशान्त धार्मिक वातावरण र संचार माध्यम : अशोक कुश्वाहा

Advertisement

वीरगन्ज ।

धार्मिक सन्तुलनता :
हाम्रो देश नेपाल विश्वको लागी नै एक शान्ति को प्रतीक हो भन्दा पनि थियो भन्दा वर्तमान परिस्थिति ले सान्दर्भिक होला । सनातन धर्मकी माता सीता नेपाल मैं जन्मीन र सनातन इतिहास मा एक एतिहासिक स्त्री को रुपमा धर्मको पालना गर्दै असताईन । शान्तिको प्रतीक गौतम वुद्ध नेपालमैं जन्में र विश्व भरी शान्तिको प्रतिकको रुपमा प्रसिद्धी पाए, LIGHT OF ASIA को रुपमा चिनिए र उनकै कारण विश्व भरी शान्त देशको रुपमा देश नेपाल लाई पनि चीनीयो । रत्नाकर नाम का कुख्यात डाँका पनि बाल्मीकि ऋषि भएर रामायण लेखी शान्तिको उपदेश दिए । दैविक कालमा ऋषिमुनिहरूको तपोवन को रुपमा रहेको वर्तमान नेपाल लाई त्यति कै शान्तिको प्रतीक भनिएको होइन ।

Advertisement

नेपाल देशको नाम अधिकारिक भए देखी नै यहाँ अनेकौ धर्म/मजहब को बसोबास हुदै आएको देश हो । नेपाल हिन्दू राष्ट्र हुदा सम्म धार्मिक सद्भाव कायमैं थियो तर जून बेला देखी नेपाल लाई धर्म निरपेक्ष घोषणा गरियो त्यति बेला देखी धार्मिक र मजहबी बिभेद हैजा फैले जस्तो फैलिन शुरू भयो । त्यति बेला पनि मन्दिरमा भजन कीर्तन र आरती हुन्थ्यो, मस्जिद मा आजान हुने गर्थ्यों, चर्चमा प्रार्थना गरिन्थ्यो र गुम्बजमा मंत्रोच्चारण गरिन्थ्यो । यसले धार्मिक संतुलनतामा कतै पनि खलल पुरयाएको थिएन । हिन्दू, मुस्लिम, ईसाई, बौद्ध इत्यादि बाहिरि आवरण ले छुट्याउन सजिलो थिएन । त्यति बेला मजहब या धर्मले एक अर्का प्रति असहजता ल्याएको थिएन । हिन्दी को वाक्य ” मजहब नही सिखाता वैर करना ” सार्थक थियो ।

Advertisement

धार्मिक असन्तुलनता :

नेपाल धर्म निरपेक्षता मा गए देखी छिमेकी राष्ट्र भारत र अन्य देश मा देखिने धार्मिक र मजहबी विभेद आयात ग़री भत्रीयाईएको छ । जस कारण नेपालको अनेकौ ठाउँमा धर्मांध कट्टरपंथी र धर्म निरपेक्षता सजिलै देख्न सकिन्छ र देश भित्र समय समयमा धार्मिक द्वन्द देखिए कै छ । पहिला नदेखिएको कुनै पनि धर्म या मजहब को हाल छुट्टा छूटै आफ्नै स्पेसिफिक ड्रेस कोड छ, अनुहारको अप्राकृतिक सौन्दर्यकरण फरक छ, दाढ़ी, जूँगा या कपाल पालने स्टाइल फरक छ, धार्मिक तर्क वितर्कमा बोल्ने शैलीमा श्रेष्टता को प्रतिस्पर्धा छ । स्पेसिफिक ड्रेस कोड को मुख्य उद्देश्य सीधा छ की सबै धर्मावलंबी फरक फरक देखून ।

पढ्दा अधिकांस धार्मिक इतिहास को कथाहरु उस्ता उस्तै छन जसको धार्मिक हिसाबले वास्तवीक जीवनमा खासै अर्थ राख्दैन । तर मानव गिद्दीको आफ्नै विशेषता छ । मानव जातिले आफु जस्तै देखिने मानव संग आत्मीयता महसूस गर्छ भने आफु भन्दा फरक देखिने संग अपरिचित, असहज र भय महसूस गर्छ । वर्तमान परिस्थितिमा केही धर्मांधहरु र मजहबका ठेकेदार हरुको मुख्य योजना नै फरक देखिनु भनेको एक अर्का प्रति भय र बैर सिर्जना गराउनु हो । अर्थात वर्तमान परिस्थितिमा “मजहब ही सिखाता है वैर करना” यो हिन्दी भाषाको वाक्य सान्दर्भिक देखिन्छ ।

संचार माध्यम र धार्मिक अज्ञान :

देशको चौथो अंगको रुपमा स्विकारिएको स्वतन्त्र र निष्पक्ष भनिने संचार माध्यम नेपालमा नाम मात्रकों स्वतन्त्र र निष्पक्ष छन भने कुरो मधेस आन्दोलन ताका प्रष्ट भएकै कुरो हो । अंतराष्ट्रीय स्तरमा समेत नाम चिनाउन सफल नेपालको संचार माध्यमहरु माथि बेला बखत अविश्वसनीयता को प्रश्न उठदै आएको छ । हरेक कुरो लाई आर्थिक चश्मा ले एकोहोरो देख्ने राष्ट्रीय स्तरीय संचार माध्यमहरु समय परे आगोमा घ्यू हाल्ने काम बेला बखत गर्दै आएका छन ।

मधेस आन्दोलन ताका मधेसी पहाड़ी बिषय होस या वर्तमानमा धार्मिक आलोचना किन न होस । देशमा धर्म परिवर्तन अवैधानिक हो तर अदिबासी जनजाति, गरीब, असहाय र मधेको सन्दर्भमा आर्थिक अवस्था कमजोर भएकाहरुलाई धर्म परिवर्तन गरिईएकै छ । गाउँ का गाउँ क्रिश्चन धर्म अपनाएका छन भने टोल पिच्छे चर्च बनाइएको छ र अहिले पनि धर्मान्तरण कार्य प्रगतिमा गतिशील नै छ । सबै कुरो जानकारीमा भए तापनि यस प्रति पत्रकारिता को चासो नजानुको कारण के होला बुझ्न अली कठिन छ ।

आफूमा वास्तविकता केलाउने क्षमता छैन भने कुनै विषय को बारेमा बोल्दा या लेख्दा त्यस सम्बन्धी अध्यन्न या अनुभव जरूरी हुन्छ तर यहाँ एउटा कम्युनल भिडियोलाई आधार बनाएर हाम्रा पत्रकार ज्यूँ हरुले धर्म तथा धर्मगुरु हरूको ब्याख्या नै गर्ने क्षमता राख्छन । त्यस्ता हजारौं विवादित हरेक धर्म तथा मजहबको वीडियो यूट्यूब मा छ्याप छ्यापति भेटिन्छन यसको अर्थ एक दुई जना ले केही भन्दैमा धर्म मा आस्था राख्ने सम्पूर्ण बीच द्वंदनात्मक परिस्थिति उत्पन्न गराउनु कुन किसिम को पत्रकारिता हो बुझ्न कठिन भो । धर्मांध कट्टरपंथ – धर्म, मजहब, समाज, मानवता र देशका लागी ठीक होइन मेरो ब्यक्तिगत सोच पनि हो तर देशमा संबिधान धर्म निरपेक्ष हुदैमा कुनै एक धर्म विरुद्ध अतिवाद को पत्रकारिता हाम्रो संबिधान ले छूट पनि दिएको कतै देखिदैन ।

सामाजिक सञ्जाल मा देखिने अल्पज्ञानी धार्मिक सेना जसलाई लाग्छ उसको जन्म आफ्नो धर्म रक्षाको लागी मात्रै भएको छ र ति अल्पज्ञानी संचारकर्मी जो एक व्यक्ति विशेषको कारण धर्मको आलोचना नै उद्देश्य बनाई पत्रकारिता गर्दैछन ति ब्यक्ति विशेष ले सामाजिक या व्यवशयिक अस्तित्व मा रही रहन प्रत्येक धर्म को आफु स्वयं ले अध्यन्न ग़री केहि लेख्नु पर्ने हुन्छ । यदि तपाइको अध्यन्न निष्पक्ष छ भने समाचार लेख्न कुनै यूटूबर को आवश्यकता नै पर्दैन । धर्म सम्बन्धी अज्ञानता आफै टाढा हुन्छ । देखेर त अनेक किसिमका पशु ले पनि खान, मल त्याग गर्न, सुत्न र बच्चा जन्मउन प्राकृतिक रूपले सीके कै हुन्छ । आफ्नो ज्ञान र विवेक को आधारमा सोच्ने, बोल्ने, अर्का को दुःख पीड़ा बुझ्ने र प्राकृतिक सन्तुलन लाई कायम राखी जीवन यापन गर्नु ले पो पशु भन्दा फ़रक हामी मानव सभ्य भएका हौ ।

धर्म :
धर्म सभ्यता का साथ प्राकृतिक सन्तुलनता कायम राखी मानव जीवन यापन गर्ने एक पद्दति हो । धर्मको रक्षा गर्ने होइन बरु धर्मको पालन गर्नु पर्छ । धर्मको उचित पालन नै सभ्य मानव को ब्यवहार को परिचय हो । यदि व्यवहार अनुचित र हिंसात्मक छ भने त्यो व्यवहार अधर्म युक्त हुन्छ जस कारण राजनीतिक या साम्प्रदायिक दंगा भड़किन्छ । धर्म शब्द बिशाल छ जून कहिले पनि हिंसाको सूत्रधार हुनै सक्दैन । धर्म र धार्मिक ज्ञानको लागी सम्प्रदायको स्थापना हुदै आएको देखिन्छ ।

जसको प्रमुख कारण धार्मिक जिज्ञासुहरु लाई उनीहरुको रुचि अनुसार धर्म सूत्र को जानकारी उपलब्ध गराउनु हो तर धार्मिक दुर्घटना तब हुन्छ जब कुनै सम्प्रदायको मठाधीस सम्प्रदायिकता लाई समाज माथि थोप्ने काम गर्छन । यस अवस्थामा सम्प्रदायको उद्देश्य भीड़ जुटाउन मात्र हुन पुग्छ । जसले गर्दा उनीहरुको व्यवहार कुनै राजनीतिक दल जस्तै हुन जान्छ । ज्ञान र धर्म छोडेर त्यस बखत धर्मको आडमा राजनीति शुरू हुन जान्छ ।

तर वास्तविक रुपमा हेर्ने हो भने प्रत्येक धर्म, मजहब या रिलीजन को अर्थ जीवन जीउने पद्दति हुनु पर्छ र धर्म को मूल उद्देश्य नै प्रेम हुनु पर्छ किन भने प्रेम प्राकृतिक हो तर द्वेष र घृणा अप्राकृतिक हो जसलाई पढाइन्छ र सिकाइन्छ । धर्म ले प्रेम सिकाउछ तर धर्मांध कट्टपंथ ले द्वेष र घृणा सिकाउछ । ब्रह्मज्ञान ले प्रेमको भाषा सिकाउछ भने अल्पज्ञान ले द्वेष र घृणा मात्र सिकाउछ ।

लेखक : अशोक कुश्वाहा

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *