Categories समाचार

आफ्नै संवेदनशील अङ्ग काटेर आफै अस्पताल पुगेपछि…

Advertisement

वीरगञ्ज । मकवानपुरको हेटौँडामा एक युवक आफ्नै संवेदनशील अङ्ग काटेर घाइते भएका छन् ।

मकवानपुरको हेटौँडास्थित एक होटेलमा बसेका युवकले लिङ्ग काटेर घाइते भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

Advertisement

हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजमा बसेका २२ वर्षीय नवीन हुमागाईँले आफ्नै संवेदनशील अङ्ग काटेको प्रहरीले जनाएको छ ।

Advertisement

मकवानपुर गढी गाउँपालिका–७, नयाँ गाउँ स्थायी ठेगाना भएका उनले बुधवार राती १० बजेको समयमा आफ्नै संवेदनशील अङ्ग काटेर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

संवेदनशील अङ्ग काटेर उपचारको लागि उनी आफै हेटौँडा अस्पताल पुगेका थिए । अस्पतालले थप उपचारको राति १२ बजे चितवनको भरतपुर रिफर गरिदिएको छ ।

प्रहरीलाई बयानको क्रममा उनले आफैले आफ्नो लिङ्ग काटेको बताएका छन् । उनको अवस्था हाल मध्यम रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *