वीरगञ्ज । पर्साको वीरगञ्जस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ ।
एसपी थपलियाको शनिवार दिउँसो १ बजेको करिबमा हृदयाघात (हार्ट अट्याक) बाट मृत्यु भएको हो ।
वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा थपलियाको दिउँसो उपचारका क्रममा मृत्यु भएको पर्सा प्रहरीका प्रमुख (एसपी) कोमल विक्रम शाहले पुष्टि गरे ।






