Categories समाचार

विभिन्न निर्णय गर्दै माध्यमिक शिक्षक युनियन पर्साको जिल्ला भेला सम्पन्न

Advertisement


वीरगन्ज । माध्यमिक शिक्षक युनियन नेपाल ( साविक उच्च मा.वि ) पर्साको जिल्ला भेला सम्पन्न भएको छ ।

शनिबार वीरगन्ज स्थित रहेको श्रीपुर विद्यापीठ माध्यमिक बिधालयमा पर्सा जिल्ला अध्यक्ष विनोद चौहानको उपस्थितिमा भेला गरिएको थियो ।

Advertisement

भेलाले नयाँ शिक्षा ऐनको मस्यौदा प्रति विरोध जनाउँदै शिक्षक महासंघले आयोजना गरेको विभिन्न चरणको विरोध कार्यक्रममा समर्थन गर्ने निर्णय गरेको थियो ।

आउने शनिबार जिल्ला अधिवेशन गर्ने निर्णय सर्व सहमतले भएको भेलामा उपस्थित शनि दुबेले जानकारी गराए ।

Advertisement

भेलामा केन्द्रीय उपाध्यक्ष उमेश चौहान, त्रिजुद्धका राधवेन्द्र साह, शारदा माविका शनि दुबे,नृसिंहका संतोष सिंह लगायत १४ औं पालिकाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *