बीरगंज । १८४ वौ विश्व फोटोग्राफी दिवसको अवसर पारेर पर्सा फ़ोटोग्राफर एसोशिएशन द्वारा घण्टाघर चौकमा रक्तदान कार्यक्रम सम्पन गरिएको छ।
उक्त रक्तदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएका बीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाईले कार्यक्रम उदघाटन गर्नु भएको थियो ।
सो आयोजनामा १ महिला सहित ४२ जना ले रक्तदान गर्नु भएको थियो जस मध्ये उदय मण्डल, पवन देवकोटा, नीतू कुशवाहा,मुकेश साह, अशोक गिरी,राजू कुशवाहा, अमित कुशवाहा,प्रेम कुशवाहा,अमित बानिया, सुशान्त श्रेष्ठ लगायतले रक्तदान गरेका थिए
एसोसिएशनका अध्यक्ष ओमप्रकाश कुशवाहा,उपाध्यक्ष विध्या सागर साह, नेपाल रेडक्रस सोसाइटी पर्साको सभापति बिरेन्द्र कड़ेल,नेपाल पत्रकार महासंघका मधेश प्रदेश महासचिव श्याम बंजारा लगायत को उपस्तिथी रहेको थियो ।






