बीरगंज । समाजसेवी हिरालाल साह कलवारलाई आज एक कार्यक्रमका बिच कलवार कल्याण समितिको सभाहलमा कलवार कल्याण समिति पर्साले सम्मान गरेको छ ।
समाजसेवी हिरालाल साह कलवार अहोरात्र गरीब निमुखा किसानहरूको हकहितमा भुमिका निर्वाह गरेकै कारण भुमि प्रशासन कार्यालय पर्साले २०२६ साल अषाढ ७ गते भुमी सम्बन्धित चौथो संशोधन नियमहरू ०२४ को नियम २८ को उप नियम २ बमोजिम ग्राम समितिको सदस्य पदमा मनोनित गर्नुको साथै प्रचलित भुमि प्रशासन ऐन नियमहरू बमोजिम आफ्नो काम कर्तब्य, जिम्मेवारीलाइ इमान्दारीसाथ बहन गर्न अनुरोध समेत गरेको थियो ।

२०३९ सालमा नेपाल किसान संगठनको प्रारम्भिक कार्य समिति पर्साको निर्वाचनमा कलवार निर्विरोध कोषाध्यक्ष पदमा निर्वाचित भएका थियो ।
बीरगंज महानगरपालिका वडा नम्बर २६ सुगौलीमा ४० बर्ष अगाडी इदगाह निर्माण गर्ने क्रममा केही जग्गा अपुग हुँदा समाजसेवी कलवारले आफ्नो निजी जग्गा दान गर्नु भएको समाजसेवी कलवारका छोरा सुन्दर साह कलवार अजय साहले बताए ।

उनका छोरा साहका अनुसार “समाजसेवी कलवारको बुवा स्व. सहोदर साह कलवारले बीरगंज महानगरपालिका वडा नम्बर २५ बहुअरी चौकको उतर पट्टी रहेको अर्थात परवानीपुर जाने बाटोमा रहेको ब्रम्हस्थान आफ्नो निजी लगानीबाट १ सय ५० बर्ष अगाडी निर्माण गर्नु भएको थियो । उक्त ब्रम्हस्थानको जिर्ण अवस्था रहेकोमा ब्रम्हस्थानलाइ पुन ०६६ सालमा समाजसेवी कलवारले निर्माण गर्नु भएको थियो ।”
आमा समुन्द्रि देवीको कोखबाट समाजसेवी हिरालाल साह कलवारको जन्म २००० सालमा पर्सा जिल्लाको रामगढवा गाबिस वडा नम्बर १ मा भएको थियो । (हाल बीरगंज महानगरपालिका वडा नम्बर २४ बहुअरीमा पर्छ ।)
समाजसेवी कलवार र कलावती देवीको बैबाहिक दाम्पत्य जिवनमा ३ छोरा र ५ जना छोरीको जन्म भएको थियो ।

कलवार कल्याण समितिआदर्शनगर बीरगंज को २४ औं बार्षिक साधारण सभा समितिका अध्यक्ष इन्द्रदेव साहको अध्यक्ष्तामा भएको थियो भने प्रमुख अतिति मधेश प्रदेशका ऊर्जा तथा जलस्रोत मंत्री शिंघासन साह कलवार रहनुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सांसद प्रमोद जैसवाल, कलवार महासंघका अध्यक्ष रामचंद्र साह लगायतको उपस्थिति रहेको थियो ।


