Categories समाचार

माध्यमिक शिक्षक युनियन नेपाल पर्साकाे नयाँ कार्य समिति चयन, अध्यक्षमा सिंह

Advertisement

वीरगन्ज । माध्यमिक शिक्षक युनियन नेपाल (हिस्टुन) पर्साकाे अध्यक्षमा सन्ताेष कुमार सिंह चयन भएका छन् ।

वीरगन्जमा शनिबार सम्पन्न माध्यमिक शिक्षक युनियनकाे पर्सा जिल्ला अधिवेशनबाट अध्यक्षमा सिंह सर्वसम्मत चयन भएका हुन् ।

Advertisement

नेपाल शिक्षक महासंघ पर्साकाे सभाहलमा सम्पन्न अधिवेशनले आगामी तीन वर्षका लागि १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेकाे हाे । जसअनुसार उपाध्यक्षमा लालबाबु प्रसाद, सचिवमा सन्नी कुमार दुबे ,कोषाध्यक्षमा रजनी ठाकुर लगायत रहेका छन् ।

Advertisement

विनाेद चाैहानकाे अध्यक्षता तथा माध्यमिक शिक्षक युनियन नेपालका केन्द्रीय उपाध्यक्ष उमेश चौहानकाे प्रमुख आतिथ्यतामा भएकाे अधिवेशनमा संघीय शिक्षक फोरमका हरेन्द्र चौरसिया,राष्ट्रिय शिक्षक मञ्च पर्साका अध्यक्ष दीपेन्द्र श्रीवास्तव ,माध्यमिक शिक्षक युनियन नेपालका केन्द्रीय सचिव सन्तोष साह लगायतकाे सहभागीता थियाे ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *