Categories अर्थ समाचार

आज पनि सुनको मूल्य स्थिर

Advertisement

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विगत ४ दिनदेखि सुनको मूल्य स्थिर कायम भएको छ । महासंघका अनुसार गत साताको बिहीबारदेखि सुनको मूल्य स्थिर कायम भएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५५० रुपैयाँ कायम छ । गत साताको बिहीबारदेखि यही मूल्यमा सुनको कारोबार भइरहेको छ ।

Advertisement

सुनको मूल्य ४ दिनदेखि स्थिर कायम भएपनि आज चाँदीको मूल्य भने घटेको छ । महासंघले आज ५ रुपैयाँले घटेर तोलामा १४ सय ६० रुपैयाँ कायम भएको छ । हिजो आइतबार चाँदीको मूल्य तोलामा १४ सय ६५ रुपैयाँ कायम थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *