Categories शिक्षा समाचार

कानुन पढाउने कलेज नै गैह्र कानुनी

Advertisement

वीरगंज । अनुमति विना संचालनमा रहेको ‘वीरगंज स्कुल अफ ल’ मा सिलबन्दी गरिएको छ ।

अनुमति नै नलिई संचालन गरेको फेला परेपछि वीरगंज महानगरपालिकाले बुधबार सिलबन्दी गरेको हो ।

Advertisement

अनुमति नलिई संचालनमा रहेका विद्यालयलाई कारबाही गर्न महानगर प्रमुख राजेशमान सिंहले दिनुभएको निर्देशन बमोजिम नियमन समितिले सिलबन्दी गरेको हो ।

Advertisement

सिलबन्दी गर्न महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, वडा नं. ५ का वडा अध्यक्ष प्रदिप चौरसिया, १३ का हिरा गिरी, शैक्षिक प्रशासन महाशाखा अधिकृत आनन्द लामिछाने, नारायण चापागाईँ, नियमन समितिका संयोजक ईश्वरचन्द्र यादब, महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल एवं संचारकर्मीको सहभागितामा सिलबन्दू गरिएको हो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *