Categories शिक्षा समाचार

‘वीरगञ्ज स्कुल अफ ल’ सहित ३ शैक्षिक संस्थामा सिलबन्दी

वीरगञ्ज । अनुमति विना संचालनमा रहेको ‘वीरगञ्ज स्कुल अफ ल’ मा सिलबन्दी गरिएको छ । अनुमति नै नलिई संचालन गरेको फेला परेपछि वीरगञ्ज महानगरपालिकाले बुधबार सिलबन्दी गरेको हो ।

अनुमति नलिई संचालनमा रहेका विद्यालयलाई कारबाही गर्न महानगर प्रमुख राजेशमान सिंहले दिनुभएको निर्देशन बमोजिम नियमन समितिले सिलबन्दी गरेको हो । 

Advertisement

यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ स्थित इम्पेरियल कलेजमा पनि वीरगञ्ज महानगरपालिकाले सिलबन्दी गरेको छ । महानगरबाट अनुगमन गर्न पुगेको टोलीले कलेज सञ्चालनका लागि आवश्यक अनुमति लिएको नपाएपछि सिलबन्दी गरेको हो ।

Advertisement

वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ स्थित बिजी बिज किड्स प्रि स्कुलमा पनि वीरगञ्ज महानगरपालिकाले सिलबन्दी गरेको छ । महानगरबाट अनुगमन गर्न पुगेको टोलीले स्कुल सञ्चालनका लागि आवश्यक अनुमति लिएको नपाए पछि प्रि स्कुलमा सिलबन्दी गरेको हो ।

सिलबन्दी गर्न महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकार, वडा नं. ५ का वडा अध्यक्ष प्रदिप चौरसिया, १३ का हिरा गिरी, शैक्षिक प्रशासन महाशाखा अधिकृत आनन्द लामिछाने, नारायण चापागाईँ, नियमन समितिका संयोजक ईश्वरचन्द्र यादब, महानगर प्रमुखका जनसम्पर्क सल्लाहकार नवराज फुयाँल एवं संचारकर्मीको सहभागितामा सिलबन्दी गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *