Categories पत्रपत्रिका

हँसाइ राम्रो भएको र जिउडाल हेरेर महिलाको मोलमोलाइ, १२/१५ लाख सम्म तिर्न तयार

Advertisement

वीरगन्ज । अंग्रेजी राम्रो, मेकअप म्याच गर्ने, हँसाइ राम्रो भएको, जिउडाल मिलेको, कपडा लगाउँदा फिगर राम्रो देखिने युवतीलाई १२/१५ लाख तिर्न कसैले गाह्रो मान्दैनन्,’ दुबईमा बन्धक बनाइएकी एक युवतीले भनिन्, ‘घरेलु कामदारका लागि भन्दै दैनिक विभिन्न देशबाट डिमान्ड आउँछन् तर हामीलाई बन्धक बनाएको नेपाली एजेन्टसँग कुरा मिलेको छैन।’

घरको आर्थिक अवस्था कमजोर भएकाले दुबई गएकी सिन्धुपाल्चोककी २२ वर्षीया ती युवतीले कक्षा १२ सम्म पढेकी छिन्। आमाबुवाकी प्यारी छोरी बनेर हुर्किएकी उनमा बिदेसिने चाहना भने पटक्कै थिएन। उनकी एउटी सानी बहिनी पनि छिन्। बुढेसकालमा जन्मिएका दुई छोरीको पढाइ र भविष्य कसरी सुन्दर बनाउन सकिएला भनेर बुवाआमाले चिन्ता लिने गरेको उनलाई थाहा थियो। बुवाआमाको त्यही चिन्तालाई खुसीमा बदल्ने र बहिनीको उज्ज्वल भविष्यका लागि जिम्मेवारी लिने संकल्प बोकेर उनी बिदेसिएकी थिइन्। तर उनले आफन्तबाटै यस्तो संकटको भुमरीमा फसिएला भन्ने सोचेकै थिइनन्।

Advertisement

अलिकति पढेलेखेकी र चिटिक्क देखिने भन्दै आफूलाई नेपाली एजेन्टले बढी मूल्यमा बेच्ने कोसिस गरिरहेको ती युवतीले बताइन्। ती एजेन्टले आफूलाई नराम्रो नजरले हेर्ने गरेको पनि उनको भनाइ छ। उनले यी सबै पिरव्यथा र बाध्यताबारे सामाजिक सञ्जालमा राखेर वैदेशिक रोजगार उद्धार केन्द्रसमक्ष सहयोगको याचना गरेकी छिन्।

Advertisement

भिजिट भिसामा दुबई पुगेर काम गरेर अलिकति पैसा कमाउने सोच उनमा थियो। तर दुबई पुगेर काम गर्ने त परको कुरा, व्यक्तिगत स्वतन्त्रता सबै गुमेको उनको भनाइ छ। एउटा बन्द कोठामा थुनिन विवश उनले दुबई टेकेयता परिवारसँगको सम्पर्क पनि टुटेको बताइन्। नेपाली एजेन्टले ल्याएर आफूलाई थुनेको कोठामा अरू १३ नेपाली महिला पनि रहेको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन्। उक्त बन्द कोठाबाट १४ महिलाले उद्धारका निम्ति सामूहिक अपिल गरिरहेको वैदेशिक रोजगार उद्धार केन्द्र नेपालका अध्यक्ष इन्द्रलाल गोलेले बताए। ‘नेपाली महिला सबैभन्दा बढी कुवेत, इराक, ओमन र भारतमा बेचिएका छन्,’ उनले भने, ‘पुरुष भने कम्बोडिया, लाओस, भियतनाम, बर्मामा बेचिने गरेका छन्।’ यो समाचार नागरिक दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *