Categories समाचार

काशी तिवारी हत्यामा प्रभु साहको संलग्नता रहेकोले छानबिन हुनुपर्छ : प्रमुख सचेतक यादव

Advertisement

वीरगञ्ज । जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले प्रभु साहकै उक्साहटमा गौर हत्याकाण्ड भएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बैठक पश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद समेत रहेका यादवले गौर हत्याकाण्डको समयमा नेकपा माओवादीको इन्चार्ज प्रभु साह नै रहेकोले उनकै उक्साहटमा घटना घटेको बताए । ‘गौर हत्याकाण्ड दुःखदायी घटना भयो । त्यो बेलाको इन्चार्ज प्रभु साह नै हुनुहुन्थ्यो । उहाँको उक्साहटमा यो घटना भएको हो,’ उनले भने ।

Advertisement

गौर हत्याकाण्डको छानबिन गर्न गठित आयोगहरूले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै थपे, ‘गौर हत्याकाण्डको छानबिन आयोगहरू बनेको थियो । त्यो आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्‍यो सरकारले । आयोगको प्रतिवेदनले दोषी देखाए स्विकार्छौँ ।’

Advertisement

यादवले वीरगञ्जका हिन्दूवादी नेता काशी तिवारीको हत्यामा पनि साहको संलग्नता रहेकोले भन्दै सिसाको घरमा बसेर अरूमाथि ढुङ्गा नहान्न चेतावनी दिए । उनले तिवारी हत्याकाण्डको छानबिन पनि सुरुदेखि हुनुपर्ने बताए । 

‘जसको घर सिसाको हुन्छ । अरूमाथि ढुङ्गा चलाउन कोसिस नगरे हुन्छ । प्रभु साह आफैँको धेरै मुद्दाहरू छन् । वीरगञ्जमा काशी तिवारीको जुन हत्या भएको थियो उहाँमाथि त्यो मुद्दा अहिले पनि विचाराधीन छ । अदालतमा छ । सुरक्षित छ,’ उनले भने, ‘राज्यले त्यो पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ ।’

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *