Categories विदेश

भारतमा खाना पकाउने ग्यास सिलिन्डरको मूल्यप्रति सिलिन्डर २ सय भारुले घट्यो

Advertisement

वीरगन्ज । भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) सिलिन्डरको मूल्यप्रति सिलिन्डर २ सय भारु घटाएको छ । 

Advertisement

बुधवार मन्त्रीपरिषद्को बैठकले रक्षा बन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा प्रशारणमन्त्री अनुराग ठाकुरले बताए । 

Advertisement

अब दिल्लीमा १४.२ किलोको एउटा खाना पकाउने ग्यास सिलिन्डर ९०३ भारतीय रुपियाँमा उपलब्ध हुनेछ । यो निर्णयले घरेलु खाना पकाउने ग्यासका ३३ करोड भन्दा बढी उपभोक्तालाई फाइदा हुने बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *