Categories समाचार

आफ्नै छात्रालाई अभद्र ब्यवहार गरेको आरोपमा पक्राउ परेका प्रिन्सिपल अस्पताल भर्ना

Advertisement

वीरगञ्ज । छात्रालाई अभद्र ब्यवहार गरेको आरोपमा वीरगञ्जका एक जना प्रिन्सिपललाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले छात्रालाई दुव्र्यवहार गरेको आरोपमा वीरगञ्ज महानगरपालिका–१५ भिष्वामा रहेको पिस जोन एकेडमीका प्रिन्सिपललाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विद्यालयका प्रिन्सिपल सर्लाहीको हरिपुर्वा नगरपालिका–४ डुमरिया बस्ने ३५ बर्षिय राकेश यादव रहेका छन् ।  उनले विद्यालयमा कक्षा ११ मा अध्यनरत छात्रा माथि अभद्र व्यवहार गरेको हुदाँ नियन्त्रणमा लिईएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिनुभयो ।

Advertisement

गत बुधबार पक्राउ परेका यादवलाई हिजो राति साढे नौ बजेको समयमा मुटुको समस्या भएपछि उपचारको लागि नारायणी अस्पतालमा पठाइएको तथा थप उपचारको लागि वीरगञ्जकै नेशनल मेडिकल कलेजमा रेफर भएको गिरीले बताउनुभयो । घटना विषयमा थप अनुसन्धान भईरहेको डिएसपी गिरीको भनाइ छ ।

Advertisement

अस्पतालमा उपचाररत यादवको अवस्था सामान्य रहेको बुझिएको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार प्रिन्सिपलले यौन दुर्व्यवहार गरेको भन्दै पीडित छात्राका अभिभावकले पालिकामा उजुरी दिएका थिए । उक्त उजुरी प्रहरीमा आइपुगेपछि प्रिन्सिपललाई नियन्त्रणमा लिइएको हो । यात्रा डेली बाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *