Categories समाचार

गोरखा-आँबुखैरेनी सडकमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

Advertisement

गोरखा । गोरखा-आँबुखैरेनी सडकखण्डअन्तर्गत गोरखा नगरपालिका-८ स्थित कट्टेलचोकमा फेला परेको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंककास्पद वस्तु निष्क्रिय पारेको हो । टेप बाँधेर राखेको अवस्थामा मुख्य सडकमा फेला परेको कुकरभित्र सिसाका टुक्रा, बारुद र लाइटर भेटिएको रिपुमर्दन गणका गणपति हेमराज बिष्टले जानकारी दिए ।

Advertisement

शंकास्पद वस्तु निष्क्रिय पारिएसँगै अहिले सडक सञ्चालनमा आएको छ ।

Advertisement

आज बिहानै ‘मर्निङ वाक्’ गएका स्थानीयले शंकास्पद वस्तु फेला परेको भन्दै प्रहरीलाई खबर गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *