Categories समाचार

उपचाररत एक युवकको मृत्यु भएपछि तनाव उत्पन्न, बाउन्सर बोलाएर शान्त गराउन खोज्दा थप तनाव

Advertisement

वीरगन्ज । परवानीपुर गाउँपालिकाको बहुवरीमा रहेको एक निजी अस्पतालमा बिरामीको मृत्युपछि तनाव उत्पन्न भएको छ। एल.एन.न्युरो एण्ड जेनरल हस्पिटलमा उपचाररत एक जना बिरामीको मृत्युको विषयलाई लिएर शनिबार तनाव उत्पन्न भएको हो।

विश्रामपुर गाउँपालिकाको नकटुवा टोल निवासी रवि साहको मृत्यु भएपछि आफन्तले तनाव उत्पन्न गरेका हुन्। आफन्तनले होहल्ला गरेपछि अस्पतालको बाउन्सरलाई बोलाएर शान्त गराउन खोज्दा थप तनाव उत्पन्न भएको हो।

Advertisement

गत सोमबार मृत्यु भएका रविका आफन्तले एल.एन.न्युरो एण्ड जेनरल हस्पिटलसँग उपचारमा लापरबाही गरेका डाक्टरलाई कारबाही र क्षतिपूर्ति माग गर्दा अस्पताल प्रशासन र पीडित पक्षबिच झडपको अवस्था आएको बाराका प्रहरी उपरीक्षक होबेन्द्र बोगटीले बताए।

Advertisement

हस्पिटलमा क्षतिपूर्ति माग्न पुगेका मृतक साहका आफन्तलाई अस्पतालमा तोडफोड नगर्न र छलफलको माध्यमले आफ्ना कुरा राख्न सम्झाए पछि स्थिति नियन्त्रणमा आएको बोगटीले बताए।

घटनाको बारेमा बुझ्नको लागि भोलि अस्पताल प्रशासन र मृतक साहको आफन्तलाई छलफलका लागि बोलाइएको छ।

मोटरसाइकल दुर्घटनामा परी हातमा चोट लागेका रविलाई सोमवार राति एल.एस न्युरो अस्पतालमा भर्ना गराएको र उनको उपचारको क्रममा मृत्यु भएको मृतकका दाइ सुरेश कुमार साहले बताए।

डाक्टरहरूले सोमवार राती नै अपरेशन गर्दा हातबाट पहिलाको भन्दा धेरै रगत बगेर भाई अचेत भएपछि थप उपचारको लागि वीरगन्ज शिक्षण अस्पताल रेफर गरेर पठाएको र वीरगन्ज शिक्षण अस्पतालमा पुगेपछि एम्बुलेन्सबाट भाइलाई निकाल्दा उसको मृत्यु भइसकेको पीडित साहले बताए। नागरिक न्युजबाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *