Categories समाचार

वीरगंज संजालको वार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न

Advertisement

वीरगंज । नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीले अहिलेका युवा पत्रकार तस्करी र भन्सारका समाचारमा मात्र केन्द्रित रहेको भन्दै त्यसलाई सच्चिन आग्रह गर्नुभयो । युवाहरुको संजालद्वारा संचालित वीरगंज संजाल डट कमको पाँच वर्ष, वीरगंज संजाल वीरगंज संजाल पत्रिकाको दोश्रो तथा संजाल राष्ट्रिय दैनिकको पहिलो वार्षिकोत्सव तथा सम्मान कार्यक्रमलाई प्रमुख अथितिको रुपमा सम्बोधन गर्दै यस्तो भन्नुभयो ।

केही पत्रकारको उदहारण दिदै दुई वर्षको फेसबुक पेज पल्ट्याएर हेर्दा उनको सेयरमा तस्करी बाहेकका अन्य समाचार नै हेर्न नमिल्ने कुरा औल्याउनुभयो । लेखन सुधार गर्दै समाजमा रहेका विकृति, भ्रष्टचारका निम्ति कलम चलाउन आजको युवा पत्रकारको आवश्यकता रहेको कुरामा जोड दिनुभयो ।

Advertisement

अबका पत्रकारलाई लेखन सँगसँगै भिडियो सामाग्री समेत उत्पादन गर्न तर्फ केन्द्रित गर्न आवश्यक रहेको भन्दै अर्काको भिडियो सेयर गर्नुभन्दा पनि आफ्नै उत्पादन तर्फ ध्यान दिन जरुरी रहेको तिवारीले बताउनुभयो ।

Advertisement

सकृय युवाहरु कै संजाल भएको वीरगंज संजाललाई अब भिडिया हाउस बनाउने तर्फ केन्द्रित भएर काम गर्न सुझाव दिदै नेपाल पत्रकार महासंघले सक्दो सहयोग गर्ने आश्वासन महासंघका अध्यक्ष तिवारी दिनुभयो ।

कार्यक्रममा विशिष्ट अथितिको रुपमा रेडियो विन्दासका प्रबन्ध निर्देशक तथा वीरगंज संजाल पत्रिकाका सम्पादक आर.सी. यादवले सम्बोधन गर्दै वीरगंज संजालले छोटो समयमा पाठकवर्गको मन जित्दै राम्रो सफलता हासिल गरेकोमा धन्यावाद ज्ञापन गर्दै उन्नतिप्रगतिको लागि शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा वीरगंज संजाल पत्रिकाका सम्पादक आर.सी. यादव, संजाल राष्ट्रिय दैनिकका सम्पादक एस.के. पण्डित, सह–सम्पादक रन्जित यादव लगायत रौतहट समाचारदाता कुमार चन्दन, बारा जिल्ला सम्वादता सिकिन्द्र साह, ग्रामिण सम्वादाता राजन बानिया, भिडियो सामाग्री उत्पादन गर्ने उपेन्द्र साह, श्रृती साह, राज पासवान, फोटो पत्रकार विजय ठाकुर, समाचार संवादता तथा प्रविधिक रामनिवास पटेललाई सम्मान गरिएको थियो ।

यस्तै कार्यक्रमको अवसरमा विज्ञापन दिई सहयोग गरेकोमा विज्ञापनदाता भायनेटका शाखा प्रमुख अब्दुल आजाद कलाम, वल्र्ड लिंक वीरगंजका प्रतिनिधि, होटल समरका संचालक मनोज कुमार, ग्यालेक्सी मोवाईलका संचालक शिपलाल चौरसिया, साँवरिया ग्रुपका संचालक श्याम शर्मा, मोनोलाईटका संचालक निरज गुप्ता, डेसिमल कलेजका प्रतिनिथिलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका हवलदार टेकबहादुर, पत्रकार संजिव मिश्रा, प्रणय साह, श्याम कुश्वाहा, नितेश कर्ण, जाकिर हुसैन, कृष्णा यादव, जय यादव, बलिराम यादव, पौडेल प्रेसका सहन पौडेल लगायतको उपस्थिति रहेको थियो ।

वीरगंज संजालका संचालक कृष्ण श्रीवास्तवको सभापतित्वमा सम्पन्न भएको हो । भने कार्यक्रममा स्वागत मन्तव्य तथा संचालन वीरगंज संजालका संयोजक नरेन्द्र कुमारले गर्नुभएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *