Categories समाज

सिकिस्त रोगबाट ग्रसित एक परिवारलाई जन सेवा संस्थाद्वारा सिलाइ मेसिन सहयोग

वीरगन्ज । सिकिस्त रोगबाट हैरान एक परिवारलाई जन सेवा संस्थाले सिलाई मेसिन सहयोग गरेको छ ।

“जन सेवा” सामाजिक संस्थाले जगरनाथपुर गाउँपालिका वडा नम्बर २ लक्ष्मीपुर निवासी सत्यप्रकाश चौहानलाइ आज बिहान एक थान सिलाइ मेसिन सहयोग गरेको छ ।

Advertisement

गत महिना पनि सो संस्थाले चौहानलाई खाद्यान्न सामग्रीका लागि नगद ४ हजार रुपैयाँ सहयोग गरेको थियो । चौहान वर्षौ देखी मस्तिष्क रक्तस्राव बाट लडिरहेका छन् ।

Advertisement

परिवारको दिनचर्या अहिले अतिनै कष्टकर देखिएकोले चौहानकी श्रीमती सुगान्घी देवी घरमै बसी रोजीरोटीको लागि थोरै भए पनि केही आय आर्जन गरुन भन्ने उदेश्य सहित सिलाइ मेसिन उपलब्घ गराइएको संस्थाका संयोजक बृजेश्वर प्रसाद चौघरीले बताए ।

सो अवसरमा स्थानीय नागेन्द्र चौहान, उमेश गिरी, रामबाबु चौहान, अमिरका साह लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *