Categories समाचार

भंगेरा बचाउ अभियानमा वीरगञ्ज महानगर

Advertisement

वीरगञ्ज । भंगेरा प्रजातिको पंक्षीसँगै अन्य पंक्षीहरुको संरक्षणका लागि वीरगञ्ज महानगर गम्भिर रहेको महानगर प्रमुख राजेशमान सिंहले बताउनु भएको छ । महानगरको सहयोगमा फर गुड्स रिजन (फोरजीआर) संस्थाले सुरु गरेको गौरैया (भंगेरो) बचाउ अभियान अन्तर्गत भंगेराको गुड (स्प्यारो हाउस) राख्ने अभियानको सुरुवात गर्नुहुँदै महानगर प्रमुख सिंहले सबैले आ-आफ्नो घरमा गुड राखेर भंगेरासहित अन्य पंक्षीको बासस्थानको सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभयो।

पछिल्लो समयमा वनजंगल मासिदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले रुखविरुवा रोपेर महानगरलाई हराभरा बनाउने महानगरको प्राथमिकताको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘महानगरलाई हराभरा बनाउने अभियान हामीले अघि सारेका छौँ, जसमा रुखविरुवा रोप्ने छौँ, त्यसले पनि पंक्षीको संरक्षणमा सघाउ पुग्छ भन्ने हाम्रो विश्वास छ ।’

Advertisement

वीरगञ्ज महानगरभित्रका सार्वजनिक स्थानमा तत्कालका लागि ५ सय प्रति भंगेराको गुड (स्प्यारो हाउस) राखिएको फोरजीआरकी अध्यक्ष नुतन सरावगीले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी दिनमा अन्य स्थानमा पनि गुड राख्ने योजना अनुरुप काम भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *