वीरगन्ज । सिरहाकी मिटरब्याजी सुजाता साह पुर्पक्षका लागि जेल चलान भएकी छन् । जिल्ला अदालत सिरहा अदालतको आदेशमा उनलाई जेल चलान गरिएको हो ।
अदालतका न्यायाधीश मनोज केसीको एकल इजलासले आइतबार ममता रायको मुद्दामाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । साउन २४ गते मिर्चैया नगरपालिका–६ की ३५ वर्षीय सुजाता मिटरव्याजी आरोपमा पक्राउ परेकी थिइन् ।
उनीमाथि रायसहित ९ जनाले अनुचित लेनदेनसम्बन्धी मुद्दा दर्ता गराएका छन् । सुजाता सिरहामा लामो समयदेखि मिटरब्याज धन्दा चलाउँदै आएको पीडितहरुको भनाइ छ ।


