Categories समाचार

ट्राफिक नियम बारे सचेत गराउन सरोकारवाला सक्रिय

Advertisement

वीरगञ्ज । ट्राफिक नियमका बारेमा सबैलाई सचेत गराउन सरोकारवाला सक्रिय भएका छन । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, वीरगञ्ज महानगरपालिका, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र लगायतको सहकार्यमा सञ्चालित सचेतना अभियान निरन्तर रुपमा चलीरहेको छ ।

पैदल यात्रु, सवारी चालक एवं सर्वसाधारणलाई ट्राफिक नियमका बारेमा सचेत गराउनका लागि सचेतनामुलक कार्यक्रम गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक भास्कर खतिवडाले बताए । ट्राफिक नियमको सबैले पालना गरेमा ट्राफिक व्यवस्थापन सहज हुने उनको विश्वास छ ।

Advertisement


सचेतना अभियान अन्र्तगत वीरगञ्जको आदर्शनगरको लोहार पट्टी चोकदेखि मकालु चौक, भाजुरत्न चौक हुँदै ग्रिनसिटी चौकसम्मका सवारी चालक एवं पैदल यात्रुसँगै सर्वसाधारणलाई सम्झाई बुझाई गरिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले बताए । उनका अनुसार सचेतनामुलक सन्देश लेखिएका पर्चा पम्पलेट पनि ५ सय जनालाई वितरण गरिएको छ ।

Advertisement

यो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने वीरगञ्ज महानगरपालिकाका नगर प्रहरी नायब निरीक्षक लाल प्रसाद लुईटेलले बताए । सचेतना अभियानमा ट्राफिक प्रहरी, नगर प्रहरी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *