Categories खेलकुद

एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

Advertisement

काठमाडौं । एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता भएका छन्। पाकिस्तान र श्रीलंकाको रंगशालामा पाकिस्तान र भारतसँग क्रिकेट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टीम आज स्वदेश फर्किएको छ।

नेपाली टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।  प्रतियोगितामा सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो। समूह ‘ए’मा नेपाल, भारत र पाकिस्तान, समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका थिए।

Advertisement

नेपालले एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्धको खेलमा साहसिक ब्याटिङ गरेको छ। गत बुधबार घरेलु टोली पाकिस्तानविरुद्ध कमजोर प्रदर्शन गरेको नेपाली खेलाडीले भारतविरुद्ध डटेर ब्याटिङ गरेका थिए। नेपालका प्रारम्भिक जोडी कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट सुरुवात दिलाएपछि मध्यक्रमका खेलाडीले सम्मानजनक योगफलसम्म पुर्‍याएका थिए। श्रीलंकाको पाल्लेकेल रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उत्कृष्ट सुरुवात गर्दै ४८.२ ओभरमा अलआउट हुँदै २ सय ३० रनको योगफल खडा गरेको थियो। 

Advertisement

२ सय ३१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ थालेको भारतले नेपाललाई १० विकेटले हरायो। २.१ ओभरमा १७ रन बनाएको अवस्थामा भारी वर्षा भएपछि खेल करिब दुई घण्टा रोकिएको थियो। वर्षा रोकिएपछि पुनः खेल सुचारु भएको थियो। डकवर्थ लेबिस नियमका आधारमा भारतले २३ ओभरमा १ सय ४५ रनको नयाँ लक्ष्य पाएको थियो। १ सय ४५ रनको लक्ष्य भारतले २०.१ ओभरमा पूरा गरेको थियो।

यसैगरी एसिया कपको उद्घाटन खेलमा नेपाल आयोजक पाकिस्तानसँग २३८ रनले पराजित भएको छ। पाकिस्तानले दिएको ३४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १०४ रन बनाएर अलआउट भएको थियो। पाकिस्तानी बलरसामु निरीह बनेको नेपाली खेलाडीहरूले २३.४ ओभरमात्र खेल्न सकेका थिए। अन्नपूर्ण पोस्टबाट साभार

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *