Categories समाचार

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार

वीरगन्ज । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ।

बुधबार काठमाडौंको रिपोटर्स क्लबमा उनी माथि खुकुरी प्रहार भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले पुष्टि गरे।

Advertisement

नुवाकोट घर भएका श्याम सापकोटाले उनीमाथि खुकुरी प्रहार गरेका हुन। रिपोर्टस क्लबबाट बाहिरिने क्रममा उनीमाथि आक्रमण भएको थियो। उनकाे अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। 

Advertisement

प्रहार गर्ने बारे अनुसन्धान भइरहेको प्रवक्ता एसपी ढुंगेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *