Categories समाचार

करेन्ट लागेर एकजनाको मृत्यु

Advertisement

वीरगन्ज । सर्लाहीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

जिल्लाको चन्द्रनगर गाउँपालिका ७ मा बुधबार बिहान माछापालन गरिरहेको आफ्नै पोखरीमा पानी पटाउन गएका ईश्वरपुर नगरपालिका ३ का ४० वर्षीय कौशलकिशोर चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएका छन् ।

Advertisement

बिहान पानी तान्ने मोटर चलाएर पानी पटाउन खोज्दा करेन्ट लागेर अचेत भएका चौधरीलाई उपचारका लागि बयलवासस्थित अमृत हेल्थ केयरमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Advertisement

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपेन्द्र पन्जियार थारुले बताए ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *