Categories समाचार

पालिकाबाट समान चोरी गरेको आरोपमा जिन्सी शाखाका प्रमुखसहित कर्मचारीहरु पदमुक्त ।

Advertisement

वीरगन्ज । पर्सा जिल्लाको पकाहामैनपुर गाउँपालिकाको कार्यालयबाट रातिको समयमा सरसामानहरु चोरी गरेको आरोपमा जिन्सी शाखाका प्रमुख हरीमोहन महतो लगायत त्यस शाखामा कार्यरत सम्पूर्ण कर्मचारीको पदमुक्त गरिएको छ । 

गएको भाद्र २१ गते राती ८ बजेको समयमा जिन्सी शाखा प्रमुख महतोको निर्देशनमा कार्यालय सहयोगी मुना राउत कुर्मी र वडाका सहायक कम्प्यूटर अपरेटर धनन्जयले पालिकाबाट रातिको समयमा ब्याग, रैनकोट लगायतका सामग्रीहरु चोरी गरि घर लगिरहेको अवस्थामा स्थानिय युवाहरुले पक्राउ गरि सामान फिर्ता राख्न लगाएको स्थानियहरुले बताएका थिए ।

Advertisement

उक्त कुरा बाहिर आएपछि गाउँपालिका अध्यक्ष सुरेश मेहताले ढाकछोप गरी आफ्नो निकट कार्यालय सहयोगीलाई बचाउन खोजेपनि प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै त्यस कार्यमा सहयोग तथा संग्लन रहेका सम्पूर्ण कर्मचारीलाई पदमुक्त गरेका छन् साथै उक्त घटनाको विषयमा आज बैठक बसी न्यायिक समिति संयोजकको अध्यक्षतामा छानबिन कमिटी गठन गरी सात दिन भित्र प्रतिवेदन बुझाउन निर्णय गरिएको अधिकृत कुशवाहा बताएका छन् ।

Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *