Categories समाचार

विश्व आत्महत्या रोकथाम दिवस वीरगन्जमा पनि मनाइयो

वीरगन्ज । विश्व आत्महत्या रोकथाम दिवस वीरगंजमा पनि विभिन्न कार्यक्रम गरि मनाईएको छ । विश्व आत्महत्या रोकथाम दिवस अवसरमा वीरगंजमा रयाली समेत निकालिएको थियो ।

वीरगन्ज महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन महाशाखाको सक्रियतामा निकालिएको रयाली घण्टाघरबाट सुरु भएर नगर परिक्रमा गर्दै नारायणी पुगी कोणसभामा परिणत भएको थियो ।

Advertisement

कोणसभा लाई सम्बोधन गर्दै मनोरोग चिकित्सक डाक्टर रामप्रकाश साह, प्रहरी नायब निरीक्षक गुन निधि खकुरेल लगायतले कार्यक्रममा आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरी कार्यक्रममा वक्ताहरुले आत्महत्या आजको युवाहरुमा एउटा ठुलो समस्या बनेको बताए ।

Advertisement

आत्महत्याको विषयमा जनचेतना जगाउने अवसरको रुपमा हरेक वर्ष सेटेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ। यो वर्ष ‘आशा जगाऔं, जीवन बचाऔं’ भन्ने नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस मनाइएको हो । 

शाखा प्रमुख अनिल कुमार यादवको अध्यक्ष्तामा निकालिएको रयालीमा नारायणी अस्पतालका अशोक श्रीवास्तव, नर्सिङ क्याम्पसका प्रतिनिधि, टिपिओ नेपालबाट रन्जु भण्डारी, फोरजिआर पिया सिंह, सहनवाज हुसेन, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको सह संयोजक अनिशकान्त कुश्वाहाले जानकारी गराए ।

नेपालमा हरेक वर्ष आत्महत्या गर्नेहरुको दर बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै बक्ताहरुले यसलाई रोकथाम गर्न सबैको भूमिका महत्वपूर्ण रहेको जिकिर गरे ।
गत वर्षको डाटा अनुसार हरेक वर्ष विश्वभर ७ लाख मानिस आत्महत्या गर्छन् । हरेक ४० सेकेन्डमा १ जना आत्महत्या गरिरहेको डाटाले बताउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *