Categories खेलकुद

निरन्तर पानी परेपछि भारत र पाकिस्तानको बाँकी खेल भोलि हुने

काठमाडौं । एसिया कपको सुपर फोरमा भारत र पाकिस्तानको बाँकी खेल भोलि हुने भएको छ ।

कोलम्बोमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २४.१ ओभरमा २ विकेट गुमाएर १४७ रन बनाउँदा पानी परेको थियो । निरन्तर पानी परेपछि खेल हुन सकेन र बाँकी खेल भोलि रिजर्ब डेमा हुने भएको छ ।

Advertisement

भोलि स्थानीय समयअनुसार २ः३० मा खेल सुरु हुनेछ । खेल सुरु हुँदा केएल राहुल १७ र विराट कोहली ८ रनबाट खेल थाल्नेछन् ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *