Categories समाचार

सानो पाइला सहकारीका संस्थापक अध्यक्ष जीबी राई पक्राउ

Advertisement

वीरगञ्ज । वीरगञ्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष गिततेन्द्रबाबु राई (जीबी राई) पक्राउ परेका छन् ।

राई आबद्ध रहेको पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमार्फत झन्डै एक हजार बचतकर्ताहरूको अर्बौँ रकम हिनामिना गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

Advertisement

उनलाई सोमबार दिउँसो काठमाडौँस्थित उपत्यका अपराध अनुसन्धान महाशाखा मिनभवनले नियन्त्रणमा लिएको बुझिएको छ । राई ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालन पनि हुन् । उनी वीरगञ्जको सानो पाइला सहकारीसहित देशभर विभिन्न सहरमा रहेका झन्डै एक दर्जन सहकारीहरूमा पनि आबद्ध छन् ।

Advertisement

आइतबार मात्रै जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालत कास्कीबाट राईविरुद्ध पक्राउ अनुमति लिएको थियो । उनले सूर्य दर्शन सहकारी मार्फत हजारौँ बचतकर्ताहरूको रकम फिर्ता नगरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा उनीसहित सहकारीका अन्य सात जना पदाधिकारीहरूविरुद्ध ९ सय ७१ जना बचतकर्ताले जाहेकी दिएको कास्की प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) श्रवणकुमार विकले जानकारी दिए ।

कास्की प्रहरीले साउन ३२ गते सूर्य दर्शन सहकारीका पदाधिकारीविरुद्ध भदौ १५ गतेभित्र जाहेरी दिन सार्वजनिक सूचना नै जारी गरेको थियो । सोही सूचनाको आधारमा ९ सय ७१ जना बचतकर्ताहरूले एक अर्ब ८ करोड ११ लाख ८६ हजार ८ सय ३९ रुपैयाँ फिर्ता नगरेको भन्दै जाहेरी दिएको डिएसपी विकको भनाई छ । बचतकर्ताहरूका अनुसार महिनौँदेखि धाउँदा पनि राई र सहकारीका अन्य पदाधिकारीहरूले निक्षेप रकम फिर्ता गर्न आनाकानी गरिरहेका छन् ।  

जीबी समूहका अन्य सहकारी पनि जोखिममा 

जीबी समूहअन्तर्गत पोखराको सूर्य दर्शनसँगै काठमाडौँको स्वर्णलक्ष्मी सहकारी, बुटवलमा सुप्रिम सहकारी, वीरगञ्जमा सानो पाइला, चितवनमा सहारा, काठमाडौँमै हाम्रो नयाँ कृषि सहकारी, नेपालगञ्जमा समानता, काठमाडौँमै लालीगुराँस र ललितपुरमा कल्याण उपकार सहकारी रहेका छन् ।

सानो पाइला सहकारीलाई समस्याग्रस्त घोषणा गर्न वीरगञ्ज महानगरपालिकाले प्रक्रिया पनि अगाडि बढाएको छ । महानगरले वर्तमान, पूर्व सञ्चालक समितिका सदस्य, लेखा सुपरिवेक्षण समितिका सदस्य र व्यवस्थापकहरूको चल अचल सम्पत्ति रोका गर्न नेपाल राष्ट्र बैङ्कलाई पत्रकार समेत गरेको छ । त्यस्तै उनीहरूविरुद्ध छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) लाई समेत पत्राचार गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *