Categories समाचार

विद्यार्थी बोकेको स्कुल बस नहरमा खस्दा १५ जना घाइते

Advertisement

टीकापुर । टीकापुर नगरपालिका वडा नं. १ स्थित त्रिपथ विद्या निकेतनको स्कुल बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। विद्यार्थी पुर्‍याउन गएको स्कुल बस जानकी गाउँपालिका वडा नं. ९ कुन्तीस्थित रानी कुलाको नहरमा खसेको थियो।

घटनाका प्रत्यक्षदर्शीका अनुसार ना५ख ४५६४ नम्बरको उक्त बस नहरमा खस्दा १५ जना विद्यार्थी घाइते भएका छन्। घाइतेलाई टीकापुरतर्फ ल्याइएको घटनास्थलबाट प्रत्यक्षदर्शी विष्णु भाटले जानकारी दिए।
 
स्कुल बस नहरमा खसेको बताउँदै इलाका प्रहरी कार्यालय टीकापुरले प्रहरी घटनास्थलतर्फ गइरहेको जनाएको छ। विद्यालयका सञ्चालक मनिष बलायरले पानी परेर सडक चिप्लो भएका कारण बस नहरमा खसेको बताए। 

Advertisement
Advertisement
Advertisement
Advertisement

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *