Rato Pana
समाचार

बाल दिवसको अवसरमा कक्षा ९ कि छात्रा सोनी गुप्ता बनिन् प्रधानाध्यापक

वीरगन्ज । “बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी”भन्ने नारासहित ५९औँ राष्ट्रिय बाल दिवसको अवसरमा आज पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर -५ भौराटार स्थित श्री नेपाल राष्ट्रिय सीताराम महतो माद्यामिक विद्यालयमा आज एक दिनको लागि कक्षा ९ कि छात्रा सोनी गुप्ता प्रधानाध्यापक बनेकी छिन ।

बिधालयको महत्त्वपूर्ण काम बाहेक अरु सबै जिम्मेवारी एक दिनको लागि प्राप्त गरेकी बाल प्र.अ. गुप्ताको सभापतित्वमा आज बाल दिसवको अवसरमा बिधालयको प्राङ्गणमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कक्षा छ देखि कक्षा एघार सम्मका चौविस जना बिद्यार्थीहरु सहभागी भएका थिए ।

त्यस्तै बालकक्षा देखि कक्षा पाँच सम्मका बालबालिकाहरुलाई उनीहरुको रुचि अनुसार विभिन्न बालमैत्री खेल खेलाइएको र बिजेताहरुलाई पुरस्कर , मेडल तथा प्रमाणपत्र वितरण गरिएको बिधालयका प्रधानाध्यापक संजय कुमार महतोले जानकारी दिए ।

बालबालिकाहरुको व्यक्तित्व विकासका लागि आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि विधालय व्यवस्थापन समितिका अध्यक्ष अशोक प्रसाद कुशवाहाले प्रत्येक बालबालिका परिवार र समाजको लागि बहुमूल्य उपहार हुन।

बिधालयमा बिना भेदभाव बालबालिकाहरुको उपस्थितिले खुशीको प्रतिनिधित्व गर्दछ भन्ने कुरामा जोड दिदै सम्पूर्ण बालबालिकाहरुलाई बाल दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो ।

बिधालय व्यवस्थापन समितिका सदस्य, विधालयका शिक्षक , शिक्षिका , कर्मचारी, बिद्यार्थी लगायतको उपस्थिती रहेका कार्यक्रमको सहजीकरण शिकक्ष संदीप कुमार जैसवालले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

Leave a Comment