Categories समाचार

प्रतिबन्धित लागु औषध ईन्जेक्सन सहित बाराका एकजना पर्सामा पक्राउ

अमित अग्रवाल

वीरगञ्ज । प्रतिबन्धित लागु औषध ईन्जेक्सन सहित पर्सा प्रहरीले बाराका एकजनालाई पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का ५० वर्षीय प्रदीप बोहरा क्षेत्री रहेका छन् ।

Advertisement

विशेष सूचनाको आधारमा शनिबार राति अन्दाजी साढे ९ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर २ ईदगाह चोक स्थित सडकखण्डमा क्षेत्रीलाई पक्राउ गरिएको हो ।

क्षेत्रीले बोकेको झोलाभित्र सेतोटेपले वेरिएको तिनवटा प्याकेटमा प्रतिबन्धित लागु औषध नुरफिन-१४७ एम्पुल, फेनारगन-१४७ एम्पुल र डाईजेल्याब १४७ एम्पुल गरी जम्मा ४४१ पिस फेला परेको थियो ।
उनीउपर लागु औषध सम्बन्धी कसूरमा आजै पर्सा जिल्ला अदालतबाट दिन- ५ ( पाँच ) म्याद थप अनुमति प्रदान गरी थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *