Categories धर्म/संस्कृति

आज धुमधामकासाथ भगवान विश्वकर्माको पूजा आराधना गरि विश्वकर्मा पूजा मनाईंदै

वीरगन्ज । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एंव विश्वकर्मा पूजा पर्व मनाउँदछन् ।

विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो पर्व मनाउने गरिन्छ । कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो पर्व मनाइन्छ ।

Advertisement

बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति आजका दिन पूजा गरि भोलिपल्ट वीरगन्जको सिर्सिया, तिलावे लगायतका जल वा अन्य शुद्ध स्थलमा लगी सेलाउने गरिन्छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

Advertisement

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बिचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बिचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्राध्यापक तोयराज नेपाल बताउँछन् ।

प्राचीन भारत वर्षका चार दिसाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बिचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *