Categories समाचार

म्याद गुज्रिएर बिग्रिएको दूधबरी बेच्ने पसललाई दुई लाख रुपैयाँ जरिवाना

वीरगन्ज । उपभोग गर्ने म्याद गुज्रिएर बिग्रिएको दूधबरी बेच्ने टिपटप समोसा पसललाई काठमाडौं महानगरपालिकाले दुई लाख रुपैयाँ जरिवाना गरेको छ।

काठमाडौं– १७ नघलमा रहेको पसलले खान नमिल्ने गरी बिग्रिएको दूधबरी बेचेको गुनासो गर्दै उपभोक्ताले महानगर प्रहरी बलमा गुनासो टिपाएका थिए। बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार गुनासोका आधारमा अनुगमन गरी कारबाही गरिएको हो।

Advertisement

गुनासोपछि महानगरको कृषि तथा पशुपक्षी विभागका प्रमुख एवं निरीक्षण अधिकृत डा. अवधेश झा नेतृत्वको अनुगमन टोली पसलमा पुगेको थियो। ‘उचित तापक्रममा नराखेका कारण दूध फाटेको र त्यही फाटेको दूधमा मिठाई बनाएको पाइएपछि कारबाही गरिएको हो,’ डा. झाले भने।

Advertisement

अनुगमनका क्रममा महानगरको टोलीले करिब पाँच किलोग्राम बिग्रिएको मिठाई उत्पादक आफैँलाई नष्ट गर्न लगाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *