Categories समाचार

हतियारधारी समूहद्वारा घरमा लुटपाट, प्रतिकार गर्दा एकजना घाइते

Advertisement

वीरगन्ज । हतियारधारी समूहले सर्लाहीको लालबन्दी नगरपालिका–५, शान्ति टोलमा एक घरमा लुटपाट गरेको छ । बिहीबार बिहान २ बजेतिर लालबन्दी ५ को वडा कार्यालय नजिक रहेको रामचन्द्र ठाकुरको घरमा लुटपाट भएको हो ।

मुखमा रुमाल बाँधेर आएका ५÷६ जनाको समूहमा रहेका अज्ञात व्यक्तिले ठाकुरको घरबाट नगद र केही सर सामग्री लुटेर लगेका प्रहरीले जनाएको छ ।

Advertisement

लुटेरा समूहलाई प्रतिकार गर्दा ४५ वर्षीय ठाकुर घाइते भएका हुन् । उनको टाउकोमा चक्कु प्रहार भएको छ । घाइते ठाकुरको मोडेल अस्पताल लालबन्दीमा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।

Advertisement

सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारुले लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको जानकारी दिए ।

घटनास्थलबाट एक थान नल कटुवा पेस्तोल बरामद भएको उनले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *